पहिरो खसेपछि कर्णाली राजमार्ग बिहानैदेखि बन्द



काठमाडौं । वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज ९बिहीबार० बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् ।

प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन् । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ ।

सडक अबरुद्द बनेपछी यात्रुहरु अलपत्र बनेका छन् ।

प्रकाशित मिति : आश्विन १०, २०८१ बिहीबार  ८ : २९ बजे