देशभरका अधिकांश राजमार्ग अवरुद्ध,यात्रा नगर्न अनुरोध



काठमाडौं । बिहीबार साँझदेखिको अविरल वर्षाका कारण कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन् । देशका पहाडी क्षेमा पहिरो तथा तराईमा बाढीले वितण्डा मच्चाएको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्ग समेत अवरुद्ध भएका छन् ।

लगातारको वर्षाले काठमाडौं– नागढुङ्गा–चितवन सडक, काठमाडौं–धुलिखेल–सिन्धुली, मुग्लिङ–पोखरा, चितवन–बुटवल, धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन् ।

काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु–फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके–भेडेटार, मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ ।

तेस्तै कान्ति लोकपथ, बिपी राजमार्ग, भिमफेदी–कुलेखानी सड्क, मध्य पहाडी लोकमार्ग र त्रिभुवन राजपथ र मदन भण्डारी राजमार्ग पनि बन्छ छ ।

यस्तै, बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौं–हेटौंडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश स्थित सिद्धार्थ राजमार्ग, गोरुसिङ्गे–सन्धीखर्क सडक र रुकुम–घोराही खण्ड अवरुद्ध भएको छ । कर्णाली करिडोर पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अन्य धेरै सडकखण्डहरु एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् । अविरल वर्षाका कारण लामो दुरिको यात्रा नगर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : २६ बजे