काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ । नेप्से ४.५७ प्रतिशत ११४.७० अंकले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको छ ।
आज २४३ कम्पनीको सेयर मूल्य बढेको छ । युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ४१० रुपैयाँले घटेको छ । नेपाल ल्युब आयलको सेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।
परिसूचक सर्वाधिक वृद्धि हुनेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ९.७४ प्रतिशतले वृद्धि भएको छ ।इन्भेस्टमेन्ट समूहको ६.१, हाइड्रोपावरको ५.९८, होटेल तथा पर्यटनको ५.९७, विकास बैंकको ५.४८, ‘अन्य’ समूहको परिसूचक ४.६७ प्रतिशतले बढेको छ ।