काठमाडौँ । हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। बाढीपहिरोमा १५८ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ। खोज र उद्धार जारी रहेकाले अझै मृतकको संख्या बढ्न सक्ने मन्त्रालयको भनाइ छ।
पीडितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।