महिला टिमको लगातार दोस्रो हार



काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिमले लगातार दोस्रो पराजय व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल ग्वामसँग ५–१७ को स्कोरमा पारजित भएको हो ।

यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो । नेपालले शुक्रबारनै समूह चरणको अन्तिम खेलमा ७ ः०२ बजे उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि नेपालको पुरुष टिम पनि बहराईनसँग ७–२७ को स्कोरमा पराजित भएको थियो भने उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भयो ।

प्रकाशित मिति : आश्विन १८, २०८१ शुक्रबार  ४ : २१ बजे