सरकारले गर्याे १४ वटा जिल्लालाई संकटग्रस्त घोषणा



काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पु¥याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा १४ वटा जिल्ला घोषणा गरेको छ ।

शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यका सहित १४ जिल्लाका विभिन्न पालिकालालाई संकटग्रस्त घोषणा गर्ने सिफारिस गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

उनले भने,‘ताप्लेजुङ, काभ्रे,पाँचथर,काठमाडौं,ललितपुर, सङखुवासभा,भक्तपुर सोलुखुम्बु,दोलखा,सिन्धुलि,रामेछाप,मकवानपुर सिन्धुपाल्चोक र धादिङ् जिल्ला बढि प्रभावित भएको देखियो । यी जिल्लाहरुमा संकटग्रस्त जिल्ला घोषणा गरिने छ ।’

स्थानीय तहलाई पनि संकटग्रस्तका रुपमा तोक्ने कुरामा छलफल जारी रहेको भन्दै छलफल गरेर सङ्ख्या तोक्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १८, २०८१ शुक्रबार  ६ : ४५ बजे