काठमाडौं । गौशालाको धर्मशाला काठमाडौं महानगरलाइ सञ्चालनको जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ ।
न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।अदालतले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।
काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।
पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिसँग वि.सं.२०६० मा गौशाला धर्मशाला सञ्चालन गर्न गरेको सम्झौता खारेज गरेर काठमाडौं महानगरसँग सम्झौता गरेको थियो ।
उक्त सम्झौताको बिरुद मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा कोषको निर्णयविरुद्ध रिट दिएको थियो ।










