भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा



काठमाडौं । भारतलाइ हराउदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा १-१ को बराबरिपछि नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो ।

खेलको ७१औं मिनेटमा भारतकी संगीता बासफोरले गोल गर्दै भारतलाइ १-० को अग्रता दिलाइन।त्यसपछि नेपालकी प्रीति राईले तुरुन्तै गरेको गोलले खेलमा बिबाद चुलियो। जसका कारण खेल झन्डै १ घण्टासम्म रोकियो भने भारतिय खेलाडिहरुले चर्को बिबाद गरेपछि उक्त गोल रद्द गरियो।

लामो विवाद ६८ मिनेटपछि खेल पुनः सुरु भयो।

खेल पुनः सुरु भएको केही मिनेटमै नेपालले बराबरी गोल गर्‍यो। नेपालकी सावित्रा भण्डारीले खेलको एक मिनेट भित्रै उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन्।

निर्धारित समय सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो। पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४-० ले हरायो ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्ने छ ।

प्रकाशित मिति : कार्तिक ११, २०८१ आईतबार  १० : २२ बजे