फाइनलमा नेपाल पराजित,साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशलाई



काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार दोस्रोपटक उपाधि हात पारेको हो हो ।

दोस्रो हाफको सुरुवातमा बंगलादेशले गोल गरेर सुरुवाती अग्रता लिएको थियो । नेपलाले ४ मिनेटपछि लागि अमिशा कार्कीले गोल फर्काएपछि नेपाल पुन खेलमा फर्केको थियो ।

दोस्रो हाफको अन्त्यतिर बंगलादेशले अर्को गोल थप्दै उपाधि हात पारेको हो ।

खेलको ८१औँ मिनेटमा ऋतु पोर्ना चक्माले बंगलादेशका लागि निर्णयक गोल गरेकि हुन् ।

बंगलादेशसँगको हारसँगै नेपाल उपविजेतामै सीमित बनेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ८ : ३९ बजे