काठमाडौँ( हङकङ सिक्सेजमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ।
मोङ कोकमा शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै समूह बिजेता बनेर नेपाल क्वार्टरफाइनल पुगेको हो।
११२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै ओभर खेलेर ५ विकेट गुमाएर १०० रन बनाएको थियो।
अस्ट्रेलियाका लागि ज्याक वुडले अविजित ५५ रन र एलेक्स रसले १४ रन बनाए।
नेपालका लागि प्रतीश जिसीले ३ तथा लोकेश बम र विवेक यादवले १(१ विकेट लिए।
नेपालका लागि प्रतीशले पहिलो ओभरमा नै विकेट लिए।
प्रतीशले एकै ओभरमा २ विकेट लिए। उनले तेस्रो ओभरको पहिलो र अन्तिम बलमा उनले नेपालका लागि विकेट लिए।
लोकेशले चौथो ओभरको अन्तिम बल र विवेकले अन्तिम ओभरको पाँचौँ बलमा विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले पूरै ६ ओभर खेलेर २ विकेटकोे क्षतिमा १११ रन बनायो।
नेपालका लागि कप्तान सन्दी जोराले ५१ र लोकेश बमले ३३ रन बनाए। सन्दीपले अर्धशतक प्रहार गरे। उनले १६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाए।
लोकेशले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। विवेक यादवले भने १२ रन बनाए। राशिद खान १२ रनमा अविजित रहे। नारायण जोशीे १ रनमा अविजित रहे बनाए।
अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए।
समूह बीमा रहेको नेपाले यसअघि पहिलो खेलमा इंग्ल्यांडलाई पराजित गरेको थियो। यससँगै नेपाल समूह विजेता बनेर क्वाटरफाइनल पुगेको हो। नेपालसँग पराजित भएको अस्ट्रेलिया पनि क्वाटरफाइनलमै छ।
शनिबार (आज) हुने तेस्रो क्वार्टरफाइनलमा नेपाल र श्रीलंका भिड्दैछन्। खेल दिउँसो १ः ३५ मा सुरु हुने तालिका छ।