जनकपुरमा बढ्यो छठ पर्वको चहलपहल



जनकपुरधाम । मिथिला क्षेत्रमा मनाइने छठ पर्वको विधिवत् आज देखि सुरु भएको छ ।

तराईका विभिन्न जिल्लाहरुका घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरिएको छ ।

छठ घाट निर्माण तथा सरसफाई कार्यमा स्थानीय सामाजिक संघ संस्था र पूजा व्यवस्थापन समितिहरु जुटेका छन् ।

बजारमा छठ पर्वमा आवश्यक पर्ने सरसमान तथा फलफुल किन्नेको चहलपहल बढेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ८ : ५३ बजे