यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट : कुवेतमाथि नेपालको शानदार जित



काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ । दुबईस्थित दी सेभेन्स स्टेडियममा भएको खेलमा नेपालले कुवेतलाई १०८ रनले हराउँदै शानदार जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनको लक्ष्य दिएकोमा कुवेत १३ ओभरमा २२ रनमै अलआउट भएको हो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन जोडिन् भने ओपनर साना प्रविनले २५ रन थपिन् । तेस्तै ज्योत्सिका मरासिनीले २३ रन थप्दा अलिसाकुमारी यादवले १५ रन बनाईन् भने सावित्रा धामी र सोनी पाख्रिनले समान ६ रन जोडे ।

कुवेतका लागि भने आयेशा इक्बाल पेवेकरले २ विकेट र जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए । कुवेतका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन भने जोड्न सकेनन् ।

सिरिजको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।नेपालले तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।

प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । प्रतियोगितामा शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  २ : १७ बजे