फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित् हुन्छू : दीपक मनाङ्गे



काठमाडौं, २३ कार्तिक । सर्वोच्च अदालतबाट ज्यन मार्ने उद्योगमा दोषी ठहर भएका दीपक मनाङे नामले चिनिने राजीव गुरुङले अदालतबाट फैसलाको पूर्णपाठ आएप्छि अदालतमा उपस्थित् हुने बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले अदालतको फैसलाको पूर्णपाठ आउप्छि आफू उपस्थित् हुने जानकारी गराएका हुन् ।

उनले गुणस्तरहीन सञ्चार माध्यमबाट तारन्तार कल आएका कारण मोवाइएल अफ गर्नु परेको भन्दै आफ्ना कानून व्यवसायीहरुबाट सर्वोच्चको फैसला थाहा पाएको समेत जानकारी गराएका छन् ।

सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । गत मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालतले गरेको फैसलालाई सदर गरेको हो।

सर्वोच्च अदालतले उनलाई ज्यन मार्ने उद्योगमा ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १ : ४९ बजे