सुर्खेत गाडी दुर्घटना : ४ जनाको मृत्यु,दर्जनौँ घाइते



सुर्खेत । सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर नगरपालिका-१४ मा हायस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

तेसतै दुर्घटनामा परी घाइते भएका २५ जनाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

२९ जना सवार उक्त गाडी सडकभन्दा झन्डै दुई सय मिटर तल खसेको थियो।

शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दुर्घटनामा परेको हो।

प्रकाशित मिति : कार्तिक २३, २०८१ शुक्रबार  ६ : ५९ बजे