काठमाडौं, २४ कार्तिक । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधान र राज्य सञ्चालनमा कहीँ न कहीँ त्रृटि रहेको दाबी गरेका छन् ।गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबि गरेका हुन् ।
नेता सिटौलाले संविधान जारी भएपछि यताका वर्षहरुको गम्भीर समीक्षा गरेर आवश्यक संशोधनमा जाने बेला भएको बताए। उनले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका बारेमा चिन्तन गर्नुपर्ने आवश्यकता औल्याए ।
‘संविधान सभाबाट हामी आफैंले बनाएको संविधान हामीले कति जनताको हितमा इमानदारितापूर्वक कार्यान्वयन गर्यौं रु संविधानमा कहीँ त्रुटि छ, अथवा राज्य सञ्चालनमा कहीँ त्रुटि छ । एक पटक गम्भीरतापूर्वक तपाईँ हामीले समीक्षा गर्ने बेला भएको छ,’– नेता सिटौलाले भने ।
नेता सिटौलाले स्थानीय तहदेखि सङ्घ सरकारसम्मै राज्य सञ्चालनका शैलीहरू परिवर्तन गर्न जरुरी रहेको जिकिर गरे । जनताले राखेका आकांक्षा र संविधान सभाबाट संविधान जारी गरिएको संकल्प राज्य सञ्चालनका दौरान पूरा हुन नसकेको उनको भँनाइ छ ।