इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ५ अंकको अग्रता



काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ५ अंकको अग्रता हासिल गरेको छ । आइतबार विहान सकिएको खेलमा एस्टन भिल्लालाई २–० गोलले पराजित गरे पछि लिभरपुलकोतालिकामा ११ खेलबाट २८ अंक भएको छ ।

गएरातिकै नतिजामा सिटी पराजित भएपछि लिभरपुललाई फाइदा पुगेको हो । पराजित भएको स्टन भिल्ला भने १८ अंकका साथ तालिकाको ८ औं स्थानमा छ ।

लिभरपुलका लागि खेलको २०औं मिनेटमा डार्विन नुनेजले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । भर्जिल भान डाइकको पासपछि सालाहलाई मिलेको बललाई भिल्लाका लियोन बेलीले रोक्न खोज्दा नुनेजले बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

त्यसपछि ८४औं मिनेटमा मोहम्मद सालाहले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । यस सिजनमा सालाहले १० गोल र १० असिस्ट गर्दै युरोपकै उत्कृष्ट फवार्डको रूपमा आफ्नो स्थानलाई मजबुत बनाएका छन् ।

उनाई एमरीको टिम भिल्लाका खेलाडीले केही अवसरहरू सिर्जना गरेको भए पनि, लिभरपुलका गोलकिपर काओइम्हिन केलहर र डिफेन्डर इब्राहिमा कोनाटेले उत्कृष्ट प्रदर्शन गर्दै विफल गरेका थिए ।

ब्राइटनसँगको खेल र च्याम्पियन्स लिगमा बुन्डेसलिगा च्याम्पियनलाई हराएपछि लिभरपुलले सात दिनमा तेस्रो जित दर्ता गरेको हो । प्रशिक्षक अर्ने स्लटले केवल तीन महिनामा १७ खेलमध्ये १५ खेल जितेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १० : ०८ बजे