काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार (आज) निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन् ।
संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।
यसअघि पाण्डे उच्च अदालत तुलसीपुरको र निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश थिए ।