काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई आइतबार प्रहरीले काठमाडौं ल्याएको छ ।
आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो । यो प्रकरणमा यसअघि नै ६ जना पक्राउ परिसेका छन् ।