काठमाडौं । हरिबोधनी एकादशीमा पशुपतीनाथ मन्दिर परिसर तोरण टाँगेर सिंगारिएको छ । हरिबोधनी एकादशीको दिन पशुपतिनाथ क्षेत्रमा भक्तजनले तोरण टाँगेर पूजापाठ गरेका हुन्।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन्।
कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ।