रास्वपाका नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा



काठमाडौं ।अदालत पुगिसकेको रास्वपाका सभापति रवि लामिछानेको मुद्धालाइ प्रभाबित पार्नेगरि रवि लामिछानेको पक्षमा आन्दोलन गरिरहेका रास्वपाका नेताहरुबिरुद्द अदालतको अवहेलना निवेदन दर्ता हुने भएको छ ।

सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरुविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको हो ।

अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरे पनि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो ।

अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको निवेदक अधिवक्ता अनुपम भट्टराईले दाबी गरेका छन् ।

रास्वपाका उपसभापतिद्धय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोविता गौतम, अशोक कुमार चौधरी, असिम शाह, गणेश पराजुली, चन्दा कार्की, निशा डागी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ४ : ४४ बजे