काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग एनपीएलका लागि चितवन राइनोजले इंग्ल्याण्डका रवि बोपारालाई अनुबन्ध गरेको छ ।
इंग्ल्याण्डबाट १७१ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेका उनले तीन वटै ९टेस्ट, एक दिवसीय र टी–२०० फर्म्याटमा उत्कृष्ट प्रर्दशन गरेका छन् ।
३९ बर्षि क्रिकेटर बोपाराले २००२ मा फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । त्यसपछि उनले यु १९ विश्वकपमा इंग्ल्याण्डबाट खेलेका थिए । उनी सन् २०१६ मा इंग्ल्याण्डको टिमको कप्तान पनि भएका थिए । पछिल्लो समय राष्ट्रिय टिमबाट विदा भए पनि उनले फ्रेन्चाइज क्रिकेट भने खेल्दै आएका छन् । टी–२० लिगहरूमा ४७८ खेलबाट ९ हजार ४८६ रन र २९१ विकेट लिएका छन् । उनीसँग इन्डियन प्रिमियर लिग आइपीएल, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग खेलेको पनि अनुभव छ ।
चितवन राइनोजपछि बोपाराले नेपालमा क्रिकेटप्रतिको क्रेज र समर्थनबारे जानकार रहेको बताउँदै नेपालमा आएर खेल्नका लागि उत्साहित रहेको बताएका छन् । त्यसैगरी चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले बोपाराको उपस्थितिले टिम सन्तुलित हुनुका साथै ड्रेसिङरुममा पनि उत्कृष्ट हुने बताए ।