कृष्णमान डंगोल बने किर्तिपुरमा कांग्रेसको उम्मेदवार



काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ ।

कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

डंगोल कांग्रेसको कीर्तिपुर नगर समितिको सभापती हुन् भने ललितकला क्याम्पसको पुर्ब स्वबियु सभापती समेत हुन् ।

कीर्तिपुरको मेयरमा डंगोलसहित एक दर्जन नेताहरुको दाबी थियो ।

उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ९ : ५१ बजे