एनपीएलको तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने



काठमाडौं । मंसिर १५ गते हुने नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् ।

सोमबार साँझ नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले एनपीएलको तालिका सार्वजनिक गर्दै उक्त जानकारि दिएको हो ।

उद्घाटन खेल मंसिर १५ गते सवा १२ बजे सुरु हुने छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म प्रतियोगिता हुँदै छ ।

प्रतियोगिताको लिग चरणमा एक टिमले सात खेल खेल्ने तालिका छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक रहेको छ भने खेलहरु स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुने छ।

प्रकाशित मिति : मंसिर ३, २०८१ सोमबार  ७ : २६ बजे