काठमाडौँ । काठमाडौँ माइतीघर मण्डलामा सहकारी पीडितले प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा प्रदर्शन कार्यक्रम भएको हो।
चाबहिल, पुल्चोक, गट्ठाघर, सोरखुट्टे, कालिमाटीलगायत क्षेत्रबाट आएका प्रदर्शनकारीले माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले ‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो गुहार१ गुहार१’, ‘सहकारी ठगको तीन पुस्ते सम्पत्ति जफत गर’ लगायत नारा लगाएका छन्।
प्रदर्शनका क्रममा झडपसमेत भएको छ। पीडितहरु बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। प्रहरीको बलप्रयोगमा केही घाइते भएका छन्।