बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला : बाल विवाह रोकथामबारे बहस



कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव दीपकराज नेपालले बालविवाह हुनुमा मुख्य दुईवटा कारण रहेको पाइएको बताए ।

उनका अनुसार तराई क्षेत्रमा दाइजोका कारण बालविवाहको क्रम रोकिएको छैन । छोरीलाई धेरै पढायो भने त्यही अनुसारको केटा खोज्नुपर्ने र त्यही अनुसार दाइजो दिनुपर्ने भएकोले छिटै विवाह गरिदिने प्रचलन रहेको उनले बताए । त्यस्तै, पहाडी क्षेत्रमा भने विद्यालय पढ्दापढ्दै प्रेम गरेर भाग्ने प्रचलनले बालविवाह बढेको पाइएको उनको भनाइ छ ।

कतिपय अवस्थामा गरिब समुदायका बालबालिकामा दोस्रो तथा तेस्रो सन्तानलाई हेर्न पहिलो सन्तानलाई स्कुल नपठाउने गरेको पाइएको भन्दै यो समेत छिटो विवाहलाई प्रोत्साहन गर्ने समेत उनको भनाइ छ । त्यसैले यस्ता कुराहरु रोक्न समस्याको मूल कारण थाहा पाउनुपर्नेमा उनले जोड दिए । उनले २०३० सम्म बालविवाह उन्मुलन गर्ने लक्ष्य अनुसार मन्त्रालयल बालविवाहविरुद्ध रणनीति बनाउन लागेको भन्दै कार्यक्रमले दिने सुझावलाई रणनीतिमा समेट्ने बताए ।

कार्यक्रममा साइवागका महासचिव रिञ्चेन छोपेलले पछिल्लो समय दक्षिण एशियाली क्षेत्रमा बालविवाह कम हुँदै गएको बताए । केही समय अघिसम्म वालविवाहमा पहिलो रहेको लक्षिण एशिया त्यसबाट माथि उक्लिएको भन्दै अझै सुधारका धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।

त्यस्तै, गैर सरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले बाल अधिकारका क्षेत्रमा कुरा गर्दैगर्दा घरमा हुने निर्णयमा बालबालिकाको मतलाई कति ध्यान दिइन्छ भन्ने विषय महत्वपूर्ण रहेको बताए ।

घरको कुनै निर्णय गर्दा बालबालिकाको सल्ला लिइन्छ कि लिइँदैन भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । आफू विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुँदा समितिमा बालबालिकाको प्रतिनिधित्व गराउने प्रयास गरेको बताउँदै उनले बालबालिकालाई अह्राएको गर्ने व्यक्तिको रुपमा मात्रै विकास गर्न नहुनेमा जोड दिए ।

कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले २०२६ सालमा नेपाल अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको सम्बन्धमा यसपछि बालवालिकाको सवालमा हुने परिवर्तनबारे समेत भेलामा छलफल हुने जानकारी दिए ।

उक्त कार्यक्रममा जीएनबी ग्लोबलकी श्रृष्टी कक्षपति बाल अधिकार रक्षकका तर्फबाट बालिका प्रतिनिधि राजनन्दिनी चौधरी, राष्ट्रिय बाल अधिकार परिषद् सदस्य सचिव इन्द्रदेवी ढकालले

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ११ : २९ बजे