काठमाडौँ । सिनामंगलको गेस्टहाउस जन्मभूमिमा मृत भेटिएका युवायुवती पतीपत्नी रहेको खुलेको छ।
मृत्यु हुनेमा सुनसरी दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी हुन्।
उनीहरू शनिबार मात्रै क्यानडाबाट फर्केका थिए। क्यानडामा २ वर्ष बिताएर उनीहरू शनिबार मात्र फर्केका थिए।
बरन्डाको रेलिङमा कपडाको पासो लगाएर उनीहरू झुन्डिएका थिए।
काठमाडौं परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले चौथो तलामा उनीहरू मृत भेटिएका थिए।