कालीकोटको तिलागुफा- ४ मा रास्वपाको जमानत जफत



सुर्खेतः कालीकोटको तिलागुफा ४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार खडकराज शाही विजयी भएका छन्।

उनले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेका हुन्।

नेमकिपाका जिल्ला अध्यक्षसमेत रहेका शाहीले १ सय ४३ मत पाए भने माओवादी उम्मेदवार नैशोभा शाहीले १ सय १५ मत पाइन्।

नेमकिपाबाट विजयी भएका शाही २८ मतले विजयी भएका हुन्।

एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९ मत पाए।

राप्रपाका उम्मेदवार गोगन बहादुर शाहीले १७ मत पाए।

रास्वपा उम्मेदवार गगन बमले ५ मत पाए।

राप्रपा र रास्वपाका उम्मेदवारको जमानत जफत भएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : ४९ बजे