काठमाडौं। यूएईमा जारी यू(१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरको हो।
अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामी २२ रनमा अविजित रहँदा, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३ बनाए। अफगानिस्तानका अल्लाह गजन्फर र खातिर स्टानिकजाईले ३र३ लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको थियो। अफगानिस्तानका फैजल खानले ५२ रन बनाए। बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३र३, अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २र२ विकेट लिए।














