जनकपुर बोल्ट्सले टस जित्यो, पोखराबिरुद्द बलिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज ९बिहीबार० को पहिला खेलमा जनकपुर बोल्ट्स पहिले बलिङ गर्दै छ ।

टस जितेपछि जनकपुर बोल्ट्सले बलिङ् राजेको हो ।

आजको पहिलो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुदैँछ ।

जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।

जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । दुवै टोली जितको लक्ष्य राख्दै मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार  ९ : १३ बजे