नेपाल प्रिमियर लिग एनपीएलमा आज हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा काठमाडौं गुर्खाजले टस जितेर पहिला फिल्डिङ रोजेको छ । काठमाडौं र सुदूरपश्चिम दोस्रो जीतका खोजिमा छन् । काठमाडौंको तेस्रो खेल हो भने सुदूरपश्चिमको भने दोस्रो खेल हो ।
काठमाडौंले आज एक जना परिवर्तन गरेको छ । दीपेश कँडेलको ठाउँमा आज प्रतिक श्रेष्ठले स्थान बनाएका छन् ।
त्यसैगरी सुदूरपश्चिमले २ खेलाडी परिवर्तन गरेको छ । मुस्तफा र नरेले प्लेयिङमा स्थान बनाएका छन् ।














