एनपीएल : चितवन राइनोजमाथि कर्णालीको रोमाञ्चक जित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

शुक्रबार त्रिवि मैदानमा चितवनले दिएको १३१ रनको सामान्य लक्ष्य कर्णालीले ४ विकेट गुमाएर १ बल बाँकी रहँदा पूरा गर्दै पहिलो जित निकालेको हो ।

कर्णालीको तीन खेल मध्यको यो पहिलो जित हो भने चितवनको यो पहिलो हार हो ।

प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार  १२ : ४२ बजे