चितवन राइनोजले टस जित्यो,लुम्बिनिबिरुद्द ब्याटिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने भएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राईनोजका कप्तान कुशल मल्लले टस जितेर सुरुमा बलिङ रोजेपछि लुम्बिनी लायन्स पहिला ब्याटिङ गर्ने भएको हो।

चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले खाता खोल्न सकेको छैन ।

आजको खेल जित्नैपर्ने दबाबमा लुम्बिनी लायन्स रहेको छ ।

प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार  ९ : ११ बजे