काठमाडौं ।प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुबीच मंगलबार मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३ गोल हानेको छ।
संसद सेवा दिवस पारेर मंगलबार भएको खेलमा राष्ट्रिय सभा फराकिलो अन्तरले पराजित भएको हो।
मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित फुटसलमा १८औं संघीय संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।
प्रतिनिधि सभाको टिमको नेतृत्व गरेका सभामुख देवराज घिमिरेलेले १८ औं संसद सेवा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको बताए ।
उनले सो खेल केवल खेल मात्र नभइ युवाहरुलाई खेलमा प्रोत्साहन गर्न मद्दत पुग्ने विश्वास व्यक्र गरे ।
उनले भने,संघीय संसद सेवा दिवस हो । स्थापना भएको १८ वर्ष पुगेको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेको छौं । त्यही कार्यक्रम अन्तर्गत आज फुटसल प्रतिनिधिसभा र राष्ट्रिय अर्को टिम भएर म्याच चलिरहेको छ । टिम क्याप्टेन प्रनिधिसभाको म छु र उता राष्ट्रिय सभाको अध्यक्ष हुनुहुुन्छ । यो खेल केवल खेल मात्र होइन यसले युवाहरुलाई खेलमा प्रोत्साहन गर्छ ।’