सुपर ओभरमा पोखराको जित,एनपीएलबाट बाहिरियो विराटनगर



काठमाडौं । नेपाल प्रिमियर लिगको आजको खेलमा सुपर ओभरमा विराटनगर पोखरासँग १३ रनले पराजित भयो । पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले सुपर ओभरमा मात्र ५ रन जोड्न सक्यो ।

एनपीएलकै पहिलो सुपर ओभर खेलमा पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरको पोखराले विराटनगरलाई जितका लागि १९ रनको लक्ष्य दिएको थियो । विराटनगरका लागि सन्दीप लामिछाने आफै बलिङमा आए पनि उनले हार टार्न सकेनन् ।

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

यसअघि विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

आज भएको खेलमा पोखरा एर्भेन्जर्ससँग पराजित हुँदै विराटनगर एनपीएलको प्लेअफबाट बाहिरिएको छ । प्लेअफबाट बाहिरिने विराटनगर दोस्रो टिम बनेको छ । यसअघि बुधबार लुम्बिनी लायसन् पनि बाहिरिएको थियो ।

प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार  १२ : ४७ बजे