काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
आज काठमाडौं जिल्ल अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । सोही भिडिओलाई लिएर उनलाई प्रहरीले पक्राउ गरी विद्युतीय अपराधमा अनुसन्धान गरेको थियो ।
अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर भएपछि थुनछेक बहसको क्रममा उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।