एनपीएल : लिग चरणका खेल सकिएसँगै आज ब्रेक



काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैन्।

बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ।

अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ ।

समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ।
कर्णालीका कप्तान सोमपाल कामी र चितवनका कप्तान कुशल मल्ल ।

त्यस्तै बुधबारको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरको भिडन्त हुनेछ।

सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ।

प्रकाशित मिति : पुस २, २०८१ मंगलबार  १० : ०५ बजे