एनपिएल: टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर



काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स जितेको छ ।

टस जितेर जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका छन् ।

कर्णाली बुधवार चितवन राइनोजसँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ । बुधवार खेलेका रित गौतमको स्थानमा युनिश विक्रम सिंह ठकुरीले मौका पाएका छन् ।

कर्णाली याक्सबाट आज सोमपाल कामी, जयकिशन कोल्सावाला, चाडविक वाल्टन(विकेटकिपर), विलियम बासिस्टो, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, युनिश विक्रम सिंह ठकुरी र नन्दन यादव रहेका छन् ।

यसैगरी जनकपुर बोल्ट्सबाट आकाश त्रिपाठी, आसिफ शेख, लाहिरु मिलान्था(विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, शेर मल्ल, मयन यादव, किशोर महतो र ललित राजवंशी रहेका छन् ।

बुधवार पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध खेलेको टोलीमा १ परिवर्तन भएको छ । सुदूरपश्चिमविरुद्ध खेलेका अरनिको यादवको स्थानमा मयन यादवले मौका पाएका छन् । मयनको यस खेलबाट एनपिएल डेब्यु गर्दैछन् ।

प्रकाशित मिति : पुस ४, २०८१ बिहीबार  १२ : ३१ बजे