महिला यू–१९ एसिया कप : वर्षाको कारण रोकियो नेपाल र श्रीलंकाबीचको खेल



काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण रोकिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेरअघि सुरु भएको खेल वर्षाले रोकिएको हो।

नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो। पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो।

नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर–४ मा प्रवेश गरेको थियो।

यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक(एक अङ्क बाँडेका थिए।

रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो।

प्रकाशित मिति : पुस ४, २०८१ बिहीबार  १ : ४० बजे