महिला यू-१९ एसिया कप : नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा



काठमाडौँ । नेपाल महिला यू (१९ एसिया कपको फाइनलमा पुग्न असफल भएको छ।

शुक्रबार भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटको हार व्यहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो।

तीन ब्याटरहरु दुर्भाग्यपूर्णरुपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न सकेन।

नेपालका दुवै ओपनर साना प्रविन र सावित्री धामी रनआउट भए।

सबैभन्दा आशा गरिएकी कप्तान पूजा महतोले ११ बलमा ९ रन मात्रै जोड्न सकिन्।

नेपाल निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो।

बंगलादेशले एक विकेट क्षतिमा ९=५ ओभरमा लक्ष्य भेटेको हो।

बंगलादेशको एक मात्र विकेट कुसुम गोदारले लिइन्।

यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ।

प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार  ४ : ४९ बजे