पोखरा । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव चलिरहेको छ ।
बेलुन नेपाल प्रालिले पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ आयोजना गरेको महोत्सव नौं दिनसम्म चल्नेछ ।
महोत्सवको पहिलो संस्करणमा झन्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने छ ।






