काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गरेको छ ।
उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको हो ।
उक्त विमानमा चालकसहित ६ जना यात्रु रहेका थिए ।
९ एन–एकेजी हेलिकप्टरमा आइतबार बिहान चरा ठोकिएपछि काभ्रेको साँगामा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।