काठमाडौँ धोबीखोलामा ट्याक्सी दुर्घटना



काठमाडौँ । मदन भण्डारी कलेज नजिकै धोबीखोलामा ट्याक्सी दुर्घटना भएको छ। बा ए ए ८७१४ नम्बरको ट्याक्सी खोलामा झरेको हो।

पुल तर्ने क्रममा पुलमा नपुगी थोरै अगाडिबाटै मोड्न खोज्दा ट्याक्सी दुर्घटनामा परेको हो।

ट्याक्सीका चालक सकुशल छन्। ट्याक्सी खोलामा झरेपछि चालक उठेर बाहिर निस्किएका थिए।

ट्याक्सीको एयरब्याग खुलेपछि चालक सकुशल बाहिर निस्किन सफल भएको प्रहरीले जानकारी दिएको छ।

अनामनगरबाट बानेश्वर गइरहेको उक्त गाडी ललितपुर महानगरपालिका(१ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए।

क्रेन मगाएर ट्याक्सीलाई खोलाबाट बाहिर निकाल्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : ०६ बजे