रुप बदल्ने तयारीमा च्यासल खेल मैदान (तस्बिरहरु)



काठमाडौं । गत असोज ११ र १२ गते अविरल वर्षासँगै मनोहरा खोलामा आएको बाढी पसेर क्षतिग्रस्त भएको ललितपुर च्यासलस्थित च्यासल खेल मैदानको सरसफाइ सुरु भएको छ ।

डोजर एवम कामदारहरुको सहयोगमा बाढीले मैदानमा थुपारेको माटो र फोहोर फाल्ने काम भइरहेको छ ।

चाँडै पुनःनिर्माण गरेर मैदानलाई नयाँ स्वरुपमा बदल्ने तयारी भएको हो ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  २ : ३६ बजे