काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारमा तरुल किन्नेहरुको भिड लागेको छ भने व्यापारीहरुपनि व्यापारमा व्यस्त छन् ।
बजारमा विभिन्न थरीका तरुलहरु वनतरुल, घर तरुल, सिमतरुल, आकाशे तरुल लगायतको बिक्री वितरण भइरहेको छ ।तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्।
कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ।