काठमाडौँबाट ४६२ किलो रक्तचन्दन बरामद, २ जना पक्राउ



काठमाडौँ । काठमाडौँको काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो। उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन।

रक्तचन्दनको परिमाण ४६२ किलोग्राम रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १२ : २६ बजे