अछाम घटना : प्रेमीले नै दुई किशोरीको ज्यान लिएको पुष्टि, पहिलो भेटमै हत्या



काठमाडौं । अछामको ढकारी गाउँपालिका(१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

उनिहरु माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएका थिए ।

घटनापछि परिवारको हत्याको आशंकामा दुई युवकमाथि किटानी जाहेरी दिएकोमा अनुसन्धानमा रहेका १७ र १५ वर्षीय दुई किशोरले किशोरीको हत्या गरेको खुलेको हो।

हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबी, सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुलेको हो ।

घटना भएको दिन मृतक बाख्रा चराउन गएको जंगलमा आरोपित पनि पुगेका थिए। उनीहरू किशोरीसँग फोन गर्दै जंगल पुगेका प्रहरीको दाबि छ ।

१५ वर्षीय किशोरले ढकारी गाउँपालिका(८ कि सरस्वती खड्कालाइ यौन प्रस्ताव राख्दा सरस्वतीले यौन प्रस्ताव अस्वीकार गर्दा उनलाई ढुंगाले हानेर हत्या गरेका खुलेको हो।

सरस्वतीको हत्या भएको खबर गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा ईशरालाई उनकै प्रेमी १७ वर्षीय किशोरले ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : माघ १९, २०८१ शनिबार  १ : १४ बजे