काठमाडौँ । त्रिकोणात्मक टी–२० आई महिला क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ।
नेपालले तीनै खेलमा पराजित भएको हो।
पहिलो जितको खोजीमा मैदान उत्रिएको नेपाललाई नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य पछ्याएको थियो।
तर पूरा ओभर खेल्दै नेपालले ८ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्दा १५ रनले पराजित हुन पुगेको हो।
नेपालकी ओपनर सम्झना खड्काले २५ बलमा ४ चौका प्रहार गर्दै २३ रन जोडिन् भने कप्तान इन्दू बर्माले ३२ बलमा ३० रन बनाइन्। पूजा महतोले १८ रन, कविता कुँवरले १४ रन र सीता राना मगरले नटआउट १० रन बनाए।
बलिङमा नेदरल्यान्ड्सका आइरिस जेइलिङ, डे लाङ्गा र हेथर सेइजर्सले २(२ विकेट लिए।
नेदरल्यान्ड्स इनिङमा बाबेट्टी डि लिडेले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। हेथर सेइजर्सले २६ रन बनाउँदा ओपनर फेबे मोल्केन्बोइर र रोबिन रिज्कीले २१-२१ रन बनाए।
बलिङमा नेपालकी सीता रानामगरले ५ विकेट लिएकी थिइन्। सीताले कुल ३ ओभरमा १२ रन खर्चिइन्। सीताको यो टी(२० मा उत्कृष्ट बलिङ हो। यसअघि उनले ५ विकेट लिँदा १६ रन खर्चिइएकी थिइन्।
यस्तै मनिषा उपाध्यायले २ विकेट लिइन् भने कविता जोशी र इन्दू बर्माले १-१ विकेट हात पारे।
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार तेस्रो खेल गुमाएको हो।
सिरिजमा थाइल्यान्डले सुरुवाती दुवै खेलमा जित निकाल्दा नेदरल्यान्ड्सले तीनमध्ये दुई खेलमा जित हात पारिसकेको छ।














