महिला टी-२०आई शृंखला: नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित



काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृङ्खला अन्तर्गत आफनो पाँचौ खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको छ।

नेपालले दिएको १४६ रनको लक्ष्य नेदरुल्यान्ड्सले १९ ।३ ओभरमा बिना कुनै विकेट क्षतिमा पूरा गर्यो। नेदरल्यान्ड्सकी ओपनर फेबे मोलकिनोबरल ४८ तथा स्टिर कालिसले ९८ रन बनाइन्।

स्टिरले ६८ बलमा ९८ रन बनाएकी हुन्। ६८ बलको सामना गरेकी उनले ११ चौका र दुई छक्का समेत प्रहार गरिन्। त्यस्तै, फेबेले ४९ बलमा ४८ रनब बनाइन्। उनले चार चौका समेत प्रहार गरिन्।

नेपालविरुद्ध नेदरल्यान्ड्सको यो चौथो जित हो। बुधबार त्रिवि क्रिकेट मैदान टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य बनाएको थियो। नेपालको लागि पूजा महतोले सर्वाधिक ६२ रन बनाउँदै नटआउट रहिन्। ५१ बलको सामना गरेकी उनले ५ चौका समेत प्रहार गरिन्।

त्यस्तै, नेपालकी कविता जोशी पनि ७ रन बनाउँदै नटआउट रहिन्। नेपालकी ओपनर सम्झना खड्का ६ रन बनाएर मैदान फर्किएकी थिइन् भने अर्की ओपनर ममता चौधरी १ रन बनाउँदै आउट भएकी हुन्। नेपालकी कप्तान इन्दू बर्माले ३७ बलमा ३९ रन बनाएर आउट हुन पुगिन्।

त्यस्तै, १७ बलको सामना गरेकी रुबिना २० रन बनाउँदै पेभिलियन फर्किन्। नेदरल्यान्ड्सको लागि आइरिसले सर्वाधिक २ विकेट लिदाँ क्यारलिन डि र हिथर सिगरजले समान एक एक विकेट लिए।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : ४६ बजे