२३ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।प्रहरी वृत्त सिंहदरबारको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको हो ।
प्रतिवादीमध्ये महानन्द जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति रहेका समेत खुलेको छ ।
हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी, दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी, र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सीतादेवी राईविरुद्ध मुद्दा दायर भएको हो ।
कसुर प्रमाणित भएमा उनिहरुलाइ १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।