सांसद गौतमले भनिन्- शंखरापुरका जनतामाथि राज्यले बल प्रयोग गर्‍यो



काठमाडौं । शुक्रबार प्रतिनिधिसभामा बोल्दै नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौंको शंखरापुर लप्सेफेदीमा निर्माण हुने सबस्टेसनले जनताको उठीबास हुने अवस्थामा पुगेको बताएकी छन् ।

गौतमले सरकारसँग सबस्टेसन निर्माणको विकल्प हुँदाहुँदै पनि त्यहाँका जनतामाथि राज्यले बल प्रयोग गरेको बताइन् ।

गौतमले भनिन्, ‘राज्यले नै अन्याय गरेको महसुस त्यहाँका जनताले गर्न थालेका छन् । प्रशासन र नागरिकबीच भएको द्वन्द्वले त्यस क्षेत्र रणभूमिमा परिणत भइरहेको छ,’। त्यहाँका जनता विकास विरोधी होइनन् । तर, राज्यको समन्वयात्मक व्यवहारको कमीले उनीहरूलाई विकास विरोधी जस्तो बनाउँदै गएको छ ।’

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ०९ बजे